परराष्ट्रमन्त्री डा.राणा भ्रमणमा रहेकै बेला भारतले २५१ मेगावाट विद्युत निर्यात गर्न स्वीकृत प्रदान

काठमाडौं । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा आइतबार जारी प्रेस रिलिज अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।
यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
यो २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेरु. १६.९३ अर्ब रुपियाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको भारतीय दूतावासद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो ।
तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ ।
इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यस यता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ)को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय दूतावासले जनाएको छ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।
यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ ।
बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागि मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको औपचारिक भ्रमण गरिरहेका बेला नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि भारतले स्वीकृत प्रदान गरेको छ ।
नेपालले जलविद्युत् भारतमा विक्री गरेर अर्थतन्त्र सुधारको प्रयास गरिरहेको छ । परराष्ट्रमन्त्री डा.राणाको भारत भ्रमणका क्रममा विद्युत निर्यातमा ठूलो उपलब्धि भएको छ ।

बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया