परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा सोमबार डा.राणा र जयशङ्कबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
‘यस भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
भारतको औपचारिक भ्रमणका परराष्ट्रमन्त्री डा.राणा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी थिइन् । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमणमा गएकी हुन् ।
Published : Monday, 2024 August 19, 2:09 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया