अमेरिकाले नेपाललाई चार वटा हेलिकप्टर दिने, परराष्ट्रमन्त्री डा.राणाले दिइन् धन्यवाद
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकाले नेपाललाई चार वटा हेलिकप्टर सहयोग गर्न लागेको बताएकी छिन् ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्रमन्त्री डा.राणाले नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्न लागेको बताएकी हुन् । अमेरिकाको विदेश मन्त्रालयले हेलिकप्टर सहयोग गर्न लागेको डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्मालाई धन्यवाद दिएकी छिन् । वर्माले २ स्काइट ट्रक र दुई बेल हेलिकप्टर दिने प्रतिबद्धता जनाएका छन् ।
परराष्ट्रमन्त्री डा.राणाले अमेरिकाको उदार सहयोगको लागि वर्मा र अमेरिकी विदेश मन्त्रालयलाई धन्यवाद दिएकी छिन् ।
वर्माको भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयका प्रिन्सिपल उपप्रवक्ता वेदान्त पटेलले पनि शुक्रबार वक्तव्य जारी गरेर नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ गर्न जोड दिएको बताएका छन् ।
‘उपविदेशमन्त्री वर्माले नेपालको रोटरी विङ (हवाई) क्षमताका लागि विदेशी सैन्य वित्त कोषबाट १० करोड डलर उपलब्ध गराउने अभिप्राय व्यक्त गरेका छन्’, वक्तव्यमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया