संसदीय दलको नेता पद फुत्किएपछि बबाल गर्दै आएकी रन्जिताले भेटिन् भारतीय धर्मगुरु कालीबाबा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद रन्जिता श्रेष्ठले भारतीय धर्मगुरु कालीबाबालाई भेट गरेर आशीर्वाद लिएकी छिन् ।
शनिबार सामाजिक सञ्जालमा श्रेष्ठले कालीबाबासँगको भेट गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । सांसद श्रेष्ठ धर्मगुरु कालीबाबालाई काठमाडौंमा भेट गरेकी हुन् वा भारतमा भेटेकी हुन् केही लेखेकी छैनिन् ।
श्रेष्ठले लेखेकी छिन्, ‘बिनासकाले बिपरीत बुद्धि । आज गुरूले भन्नु भएको ।’ ‘जब–जब मान्छेको बिनासको समय आउँछ । उसको बुद्धि उल्टो हुन्छ’, सांसद श्रेष्ठले भनेकी छिन् ।
पति रेशमलाल चौधरीसँग राजनीतिक रुपमा सम्बन्ध बिग्रिएपछि सांसद श्रेष्ठ निकै तनाबमा छिन् । उनले बेलाबेला अन्टसन्ट अभिव्यक्ति दिने गरेकी छिन् । आरोप लगाउनेहरूले सांसद श्रेष्ठलाई मन्त्री बन्ने प्रलोभनका कारण ‘डिप्रेशन’मा पुगेको चर्चा हुने गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट समेत श्रेष्ठलाई हटाइएको छ । दलको नेता पद फुत्किएपछि श्रेष्ठ झन् तनाबमा छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया