परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमणमा जाने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जाने भएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणा आइतबार भारत भ्रमणमा जान लागेकी हुन् । परराष्ट्रमन्त्री भएपछि डा.राणा पहिलो विदेश भ्रमणमा जान लागेकी हुन् ।
डा.राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।
डा.राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।
मन्त्रालयले जयशंकरसँगको भेटवार्ताको लागि गृहकार्य थालिसकेको जनाएको छ ।
भारत भ्रमणकै बेलामा परराष्ट्रमन्त्री डा.राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम पनि रहेको छ ।
Published : Thursday, 2024 August 15, 10:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया