अनामनगरबाट पारस पक्राउ

काठमाडौं । जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी उदयपुरको त्रियुगा नगरपालिका–१० वोक्से ठेगाना भएका ३४ वर्षीय पारस भन्ने दीपककुमार बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०८० मंसिर ५ गतेको फैसलाले जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दामा १२ वर्ष कैद र ५० हजार रूपियाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादी दीपकले २०७६ मंसिर २१ गते एक युवतीलाई ललाईफकाई, डर, धम्की देखाई झुक्यानमा पारी पटक–पटक जबरजस्ती करणी गरेको र भारततर्फ घरजम गरौला भनी झुक्यानमा पारी बेचबिखन गर्ने उदेश्यले २०७६ पुस १८ गते भारततर्फ लादै गरेको अवस्थामा पीडितलाई उद्दार गरिएको जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा अदालतबाट फैसला भएको थियो ।
बिचार/ब्लग

विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया