प्रेस युनियनद्वारा अध्यक्ष लम्सालको संयोजकत्वमा सम्वाद समिति गठन

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लिएर सम्वाद समिति गठन गरेको छ ।
अध्यक्ष शिव लम्सालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको महासचिव दिलिप पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघको निर्वाचनका लागि युनियनको नेतृत्वदायी भूमिका लिने गरी सम्भावित सहकार्य, पदीय बाँडफाँड लगायतका विषयमा पत्रकार सम्बद्ध विभिन्न पेशागत संस्थाहरूसँग वाता, सम्वाद गर्न समिति गठन गरिएको अध्यक्ष लम्सालले बताए ।
समितिको सदस्यहरूमा प्रेम केसी, नकुल अर्याल, दिलिप पौडेल र माधव धिताल रहेका छन् ।
Published : Wednesday, 2024 August 14, 9:10 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया