रमेश, सुदीप र वीरेन्द्रले भने– गैर कानूनी काम गरेका छैनौं
काठमाडौं । रमेश केसी, सुदीप पाठक र वीरेन्द्र केसीले ‘क्लव उद्घाटन गर्न नपाउँदै कतारमा केसी बलात्कार काण्डमा पक्राउ, गायक शिव परियार चकित’ शीर्षकको समाचारको खण्डन गरेका छन् ।
उनीहरूले संयुक्त रुपमा खण्डन पठाएर रिपब्लिका दैनिकले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनीहरूले भनेका छन्, ‘प्रकाशित समाचारमा म आबद्ध संघ संस्था र व्यापारका बारेमा सहि नाम किटानी गरिए पनि देखावटी रुपमा स्मार्ट ज्वेलरी सञ्चालन गरेका केसी कतारमा सुन तस्करीमा अग्रस्थानमा रहेको भनी बदनियतपूर्वक लेखिएको जानकारी गराउँदछु ।’
‘मैले हरेक दिन पसलमा आउने ग्राहकलाई सुन सहितका गरगहना बेच्न समेत भ्याइनभ्याइ नहुन जानकारी गराउँदै म कर्मभूमि कतार र जन्मभूमि नेपालको कानूनलाई सिरोपर गर्ने एक कर्मठ नेपाली नागरिक भएको र आजसम्म गैरकानूनी कुनै पनि कार्य नगरेको र नगराएको जानकारीका लागि अनुरोध छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया