पत्नीलाई सुराकी बनाएर कमाइ गरेका पूर्वडीआईजीले दिए कुलमानविरुद्ध भ्रष्टाचारको जाहेरी

काठमाडौं । पत्नीलाई सुराकी बनाएर कमिशन खाएर कमाइ गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

खरेलले घिसिङविरुद्ध मंगलबार अख्तियारमा उजुरी दिएका हुन् । घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको आरोप जाहेरीमा लगाइएको छ ।

घिसिङले राज्यलाई करोडौं रुपियाँ घाटा हुने गरी विद्युतको पीपीए गरेको आरोप पूर्वडीआईजी खरेलको छ ।

घिसिङले ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानून मिचेको भन्दै खरेलले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपियाँ राजस्व घाटा भएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख हुँदा खरेलले प्रहरीले बरामद गरेका सामग्रीहरूमा आफ्नी पत्नीलाई सुराकी बनाएर अकुत कमाइ गरेका थिए । प्रहरी हुँदा अकुत कमाइ गरेका पूर्वडीआईजी खरेलले अहिले आएर आफूलाई भ्रष्टाचार विरोधीको नाटक रच्दै आएका छन् ।

Published : Tuesday, 2024 August 13, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया