दाङमा खचाखच यात्रुले भरिएको बस दुर्घटना, २२ जना घाइते
घोराही । खचाखच यात्रु बोकेको बस दाङको बेलभारमा दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
सोमबार दिउँसो सवा ३ बजे घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार फेमश पेट्रोल पम्प नजिक बुटवलदेखि तुलसीपुरतर्फ आउँदै गरेको लु. १ ख ८४१२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा सवार २७ जना यात्रुहरूमध्ये २२ जनालाई तत्काल उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको थियो । घाइतेमध्ये ९ जना सामन्य र १३ जनाको अवस्था मध्यम रहेको छ ।
बस चालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २९ का विवेक कार्कीलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
घाइते हुनेहरूमा तुलसीपुर ५ बस्ने वर्ष २१ की जयन्ती रोका, तुलसीपुर १५ बस्ने वर्ष ५४ को डबलबहादुर, लमही नगरपालिका ८ बस्ने वर्ष २७ की सविना अधिकारी, लमही बस्ने वर्ष ३ की प्रिन्सा भट्टराई, घोराही १४ बस्ने वर्ष ३५ की मनमाया बुढा रहेका छन् ।
घोराही १४ बस्ने वर्ष ४६ की माया शाह, घोराही १३ बस्ने वर्ष २५ की सृजना भुजेल, घोराही १५ बस्ने वर्ष २५ का रिजवान सलमानी, घोराही १५ बस्ने वर्ष १५ की सन्जु दसौदी, सहचालक घोराही ११ बस्ने वर्ष २२ को संगम खडका पनि घाइते भएका छन् ।
घोराही १ बस्ने वर्ष २५ की मीरा कुँवर योगी र उनको वर्ष २ को छोरा सिनास कुँवर, दाङकै बङलाचुली गाउँपालिका ७ बस्ने वर्ष २६ को मनोज थापा मगर, लमजुङको राईनास नगरपालिका ६ बस्ने वर्ष ४० की नेबिसा बुढाथोकी, राईनास नगरपालिका वडा नं.६ बस्ने वर्ष ४० को बाबुराम कार्की पनि घाइते भएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३१ की उषा अर्याल, बुद्धभूमि ३ बस्ने वर्ष ६० को भोजराज पौडेल, बुद्धभूमि ३ बस्ने वर्ष २४ की रीता खनाल, बाँकेको जानकी गाउँपालिका ३ बस्ने वर्ष ३१ को लक्ष्मी नारायण, जानकी ३ बस्ने वर्ष ३१ को रामसाह काँदु, गुल्मीको रेसुङगा नगरपालिका ३ बस्ने वर्ष ३० को शम्शेर थापा र रेसुङगा ३ बस्ने वर्ष ५६ की भीमाकुमारी थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया