प्रहरी वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीलाई १६ वर्षमा पेन्सन सुविधा दिन प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीलाई १६ वर्षमा पेन्सनको सुविधा दिन प्रस्ताव गरेको छ ।
कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख छ ।
कार्यदलले गृहमन्त्री रमेश लेखकलाई साउन १७ गते प्रतिवेदन बुझाएको छ ।
१६ वर्षदेखि अहिले कायम रहेको २० वर्षमा पेन्सन हुने विषय प्रतिवेदनमा समेटिएका छन् ।
प्रतिवेदनमा प्रहरी कर्मचारीलाई तीन वर्गमा राखेर पेन्सनको सुविधा दिनुपर्ने सुझाव दिइएको छ । जसमा १६, १८ र २० वर्षमा पेन्सन हुनेबारे सुझाव दिइएको छ ।
प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारका कर्मचारीसम्मको हकमा सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन हुनुपर्ने सुझाव छ ।
कार्यदलले १६ वर्षमा पेन्सन हुनुपर्ने दिएको सुझावमा कार्यलय सहयोगी, प्रहरी जवान, सहायक हवल्दार, हवल्दार र बरिष्ठ हवल्दार पर्छन् ।
प्रहरी सहायक निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई) र वरिष्ठ सईको हकमा भने सेवा प्रवेश गरेको १८ वर्ष पूरा भएपछि पेन्सन हुनुपर्ने सुझाव कार्यदलले दिएको छ ।
प्रहरी निरीक्षक (ईन्स्पेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको हकमा भने अहिले कायमै रहेको सेवा प्रवेश गरेको २० वर्षमा पेन्सन हुने व्यवस्था समेटिएको छ ।
१६ र १८ वर्षमा पेन्सन हुने व्यवस्थाको सुझाव दिए पनि जागिर छाड्दा पाउने सुविधा तथा पेन्सन भने २० वर्ष पूरा भएपछि मात्रै पाउने गरी दिनुपर्ने सुझाव दिइएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया