कांग्रेसमा ७५ प्रतिशत नेविसंघबाटै आएका छौँ, भ्रातृ संस्थाहरूको अधिवेशन गरौँ : सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले भ्रातृ संस्थाहरूको अधिवेशन समयमा गर्न सुझाव दिएकी छिन् ।
सोमबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेत प्रसाईंले भनिन्, ‘जनसम्पर्क समितिको अधिवेशन समयमा गर्नुपर्छ ।’
‘समयमा अधिवेशन नगरेर यती अराजक स्थिति भइसक्यो की ? सारा साथीहरू नेपालमा भन्दा पनि विदेशमा झगडा शुरु भइसक्यो’, उनले भनिन्, ‘समयमा अधिवेशन गरौँ । महाधिवेशन प्रतिनिधि भएर आउनेहरू नेपाली नागरिक हुन् । त्यहाँको कार्यसमितिमा बस्न पाउने सबैलाई स्वीकार गरौँ । मेरो प्रस्ताव हो ।’
उनले भनिन्, ‘यहाँभन्दा गाईजात्रा भ्रातृ संगठनमा अरु के हुन्छ ? यो बैठकमा हेर्ने हो भने ७५ प्रतिशत नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हौँ ।’
प्रश्न गर्दै उनले भनिन्, ‘आज नेपाल विद्यार्थी संघको हालत के छ ? तरुण दलको हालत के छ ? महिला संघको हालत के छ ? पार्टीको मेरुदण्डलाई तहस नहस बनाएर पार्टी राम्रो हुन सक्दैन । योभन्दा लाजमर्दो कुरा के छ ?’
‘एउटा जिल्लामा २६ जना केन्द्रीय सदस्य छन् । कार्यक्रम गर्दा २६ जनालाई आसन ग्रहण गर्न साध्य छ ? हामी पनि नेविसंघबाट आएका हौँ’, उनले भनिन्, ‘गुटबन्दी गर्दा ठीक्क गर्दा हुन्छ । गुटका नाममा राम्रा मान्छे सिध्याउने ? बचाउने कसले हो ? गुट गर्नुस् । संगठन बचाएर गुट गर्नुस् ।’
उनले भनिन्, ‘महिला संघमा पनि झगडा गराइएको छ । महिला संघमा टिकट दिन पनि सकिएको छैन ।’
‘पार्टीभित्र खटाउने सय दिनको कुरा एकदम राम्रो हो । संगठन जिल्लामा नगइकन संगठन हुँदैन’, उनले भनिन् ।
‘सबै साथीहरूसँग बसेर आफ्ना मनका कुरा राख्न पाए भने अलिकति राम्रो हुन्छ । संगठन गर्न राम्रो हुन्छ । तर, सय दिन कुन कुन तरिकाले जाने ? कसरी जाने कुरामा हामी सल्लाह गरौँ’, केन्द्रीय सदस्य प्रसाईं भनिन् ।
‘गएको चुनावमा हाम्रो साथीहरूले विद्रोह गरेर चुनाव लडे । माओवादीलाई केही नबोला है भनेको हो’, उनले भनिन्, ‘अखिर प्रचण्डले हामीमाथि विद्रोह गरेर जानुभयो । सत्ताका लागि । ती साथीलाई कारबाही गर्ने की ? फुकुवा गर्ने ? माओवादीको विद्रोहमा लडेका देशभरिका सम्पूर्ण साथीहरूलाई फुकुवा गर्नुपर्छ ।’
उनले भनिन्, ‘महासमितिबाट पारित भएर आएका प्रस्तावहरूमा केन्द्रीय कार्यसमितिमा धेरै सुझावहरू आएको छ । भाषाका कुरा । के केका कुरा आएका छन् । सानो टिम बनाएर आएका कुराहरूलाई संशोधन गरेर लिएर जानुपर्छ ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया