प्रधानमन्त्री ओलीसँग क्रसर व्यवसायीहरूद्वारा भेट, संशोधनसहित विधेयक पारित गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितको टोलीले भेट गरेर आफ्ना समस्या राखेको छ ।
सोमबार बालुवाटारमा ओलीसँग व्यवसायीहरूले उद्योग नवीकरणमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरूले कानूनअनुसार सञ्चालनमा रहेका क्रसर उद्योगहरूको दस्तुर लिएर नवीकरण र उदेशय विपरीत सञ्चालित क्रसर उद्योगहरूलाई नियमन गर्न व्यवसायीहरूले माग गरेका छन् ।
व्यवसायीहरूले क्रसर तथा बालुवा उद्योगहरूलाई नवीकरणका लागि व्यवस्था गरिदिन आग्रह गरेको महासंघका सह–सचिव मीनबहादुर शाहीले बताएका छन् ।
व्यवसायीहरूले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको विधेयकलाई छिटोभन्दा छिटो टुङ्ग्याएर सदनमा पेश गर्न पनि व्यवसायीहरूले माग गरेको सहसचिव शाहीले बताएका छन् ।
वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको शाहीले बताएका छन् ।
उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेको प्रधानमन्त्री ओलीलाई व्यवसायीहरूले जानकारी गराएका छन् ।
विगतमा दर्ता भएकालाई कर दस्तुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको छ । उदेश्य विपरित सञ्चालनमा रहेका क्रसर उद्योगहरूका विषयमा विशेष निगरानी गर्न पनि व्यवसायीहरूले प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया