कांग्रेसको ११ वटा प्रस्तावमा क–कसले धारणा राखे ?
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले विभिन्न ११ वटा प्रस्तावित विषयहरूमाथि धारणा राखेका छन् ।
आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तावित विषयहरूमा नेताहरूले धारणा राखेका हुन् ।
धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अर्जुननरसिंह केसी, शेखर कोइराला, नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मीनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवबिक्रम शाह, चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल आचार्य, विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वीपीनगरमा पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया