सभापति देउवासँग मुस्लिम समुदायका नेताहरूद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुस्लिम समुदायका नेताहरूले भेट गरेर समावेशिताको पक्षमा आवाज उठाइदिन आग्रह गरेका छन् ।

आइतबार बुढानिलकण्ठस्थित निवासमा देउवासँग भेट गरेर मुस्लिम नेताहरूले मन्त्रिमण्डल लगायत विभिन्न स्थानमा मुस्लिम समुदायको सहभागिताको माग गरेका हुन् । जवाफमा देउवाले कांग्रेस अन्य पार्टीभन्दा समावेशिताको पक्षमा अगाडि रहेको बताएका छन् ।

कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले सभापति देउवासँग भेट गरेर वर्तमान समसामयिकक राजनीतिकका साथै समावेशिताका बारेमा कुराकानी गरिएको बताए । उनले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले हाम्रो मागलाई सम्बोधन गर्ने आश्वासन दिनु भएको छ । हाम्रा कुरा ध्यान दिएर सुनिदिनुभएको छ ।’

उनीहरूले राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि विशेष पहल गरिदिन सभापति देउवासँग आग्रह गरेको डा.अन्सारीले बताए ।

कांग्रेस निकटका मुस्लिम समुदायका नेताहरूले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा.आरजु राणालाई पनि भेट गरेका छन् ।

Published : Sunday, 2024 August 11, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया