रास्वपाकी सांसद विनिताले जहाजभित्र बबाल गरिन्, रनवेबाट फर्कियो जहाज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले बबाल गरेपछि श्री एयरलाइन्सको जहाज रनवेबाट पार्किङमा फर्किएको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा उड्ने तयारीमा रहेको जहाजभित्र रास्वपाकी सांसद कठायतले बबाल गरेकी थिइन् । उनले जहाजभित्र बबाल गर्दै संसदमा कुरा उठाउने चेतावनी दिएपछि जहाजलाई पार्किङमा ल्याइएको स्रोतले जनाएको छ ।
सांसद कठायतले गर्दा श्री एयरलाईन्सको जहाज ३ घण्टा ढिलो उडेको छ । काठमाडौंबाट सुर्खेत उड्न लागेको जहाजभित्र कठायतले धम्की दिएपछि जहाजलाई पार्किङमा ल्याइएको हो ।
जहाजमा सांसद कठायत र यात्रुबीच झगडा परेको प्रत्यक्षदर्शीको भनाइ छ । उडान नम्बर एसएचए १२१ जहाज बिहान ७ बजे उड्ने नियमित तालिका थियो । सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बोर्डिङ भएको थियो ।
रास्वपाकी सांसद कठायत र अन्य यात्रुबीच केही विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यात्रुहरू लफडामा उत्रिएपछि चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारीले एयरपोर्टमा खटिएका प्रहरी अधिकृतलाई फोन गरेर बोलाएका थिए ।
सामान्य विषयलाई सांसद कठायतले संसदमा उठाउने धम्की दिएर बबाल खडा गरेकी थिइन् । रास्वपाकी नेतृ कठायत समानुपातिक सांसद हुन् । उनी जुम्लाको चन्दननाथ नगरपालिका निवासी हुन् ।
सहकारीको करोडौं रकम हिनामिना र अपचलन काण्डमा मुछिएका तथा विभिन्न काण्डैकाण्डमा परेका रास्वपाका सभापति रवि लामिछानेले हालै सार्वजनिक बसमा चढेर नौटंकी गरेका बेला उनै दलकी सांसद विनिता कठायतले जहाजभित्र बबाल गरेर चर्तिकला देखाएकी छिन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया