यौनकाण्ड र भ्रष्टाचारमा मुछिएका एमालेका २ ठूला नेतालाई कारबाहीको सिफारिस

काठमाडौं । एमालेको अनुशासन आयोगले दुई जना नेताहरूलाई कारबाहीको सिफारिस गरेको छ ।

एमालेको कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न आयोगले सिफारिस गरेको हो । छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरिएको छ ।

शाह र महरले गरेको काम अनुशासन बाहिरको कार्य रहेको आयोग निकट उच्च स्रोतले जनाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ ।

पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो ।

समितिलाई महरमाथि समेत छानबिन गर्ने जिम्मेवारी दिइएको थियो । महरको अपराध ठूलो रहेको आयोगको ठहर छ ।

केन्द्रीय सदस्य महरलाई पनि यौन शोषणको आरोप लागेको छ । एक महिलासँगको महरको अश्लील अडियो सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि महर केन्द्रीय सदस्यबाट हटाइएका थिए । महरलाई एमालेले पुनः केन्द्रीय सदस्यमा फिर्ता गरेको थियो ।

आयोगको प्रतिवेदनले शाह र महरलाई ठूलो झट्का लागेको छ । यौन काण्डमा केन्द्रीय सदस्य महेश बस्नेत पनि मुछिएका छन् । बस्नेत अहिलेसम्म बचेका छन् ।

Published : Friday, 2024 August 9, 12:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया