पाल्पा र प्यूठानमा जबरजस्ती करणी गर्नेहरूलाई पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र प्यूठानबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्यूठान जिल्लामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका–२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
केशवले बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको अभियोग छ ।
जबरजस्ती करणीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, पाल्पामा ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका–१ बस्ने ४७ वर्षीय धनबहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धनबहादुरले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादीर ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पामै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–७ कुन्सरे बस्ने ४३ वर्षीय ईन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया