सरकारद्वारा नगर विकास कोषको सदस्यमा तिलोत्तमाका नगरप्रमुख खाण मनोनीत
काठमाडौं । सरकारले लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणलाई नगर विकास कोषको सदस्यमा मनोनीत गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाणलाई सात प्रदेशबाट एक÷एक जना नगरप्रमुखलाई सदस्य मनोनीत गर्दा लुम्बिनी प्रदेशबाट खाणलाई मनोनीत गरेको हो ।
मोफसलमा सडक बत्ति, सडकको बीचमा हरियाली बगैचा, फूल रोपेर प्रशंसनीय काम गरेको तिलोत्तमाले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरूबाट तिलोत्तमा नगरपालिकामा राम्रो काम गरेर पुरस्कृत भइसकेका नगरप्रमुख खाणले सरकारले गरेको यो मनोनयनले आफूमा थप जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका नगरप्रमुख खाणले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया