बंगलादेश र बेलायतमा रहेका नेपालीहरु सुरक्षित छन् : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले बंगलादेश र बेलायतमा नेपालीहरु सुरक्षित रहेको बताएकी छिन् ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल सरकारबाट बंगलादेश र बेलायतमा रहेका नेपालीहरुका बारेमा जानकारी दिँदै उद्धार र सहयोगका लागि परराष्ट्र मन्त्रालय तयारी अवस्थामा रहेको बताएकी हुन् । उनले बंगलादेश र बेलायतमा प्रदर्शन हुँदादेखि नै परराष्ट्र मन्त्रालय तयारीका साथ काम गरिरहेको बताइन् ।
उनले भनिन्, ‘विभिन्न मुलुकहरुमा अशान्ति फैलिएको र ती मुलुकहरुमा नेपालीहरु हरेक देशमा रहेको भएर तनाब हुँदो रहेछ । विभिन्न देशको घटनाबाट के भइरहेको छ ? कस्तो भइरहेको छ भनेर लागिरहेको छु ।’
‘बंगलादेशमा शुरु हुनहुन लागेदेखि नै रेस्क्युहरु गरिरहेका छौँ । अहिले पनि हालसालै केही घटनाहरु घट्न सक्छ भनेर राष्ट्रसँघसँग कुरा गरेर ३ सयदेखि ४ सय जनासम्म विद्यार्थी फर्किनु भर्किनु भएको थिएन’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
‘धेरै जना इन्टर्नहरु हुनुहुँदो रहेछ । उहाँहरुलाई राजदूतले पर्सनल फोन गरेर तपाईहरु फर्किने की भन्ने कुरा गर्नुभएको थियो’, उनले भनिन् ।
‘उहाँहरुले हाम्रो तीन महिना, चार महिना पढाइ बाँकी छ । इन्टर्न गरिरहेका छौँ भनेर उहाँहरु आउनु भएन । अचानक परिस्थिति बिग्रियो’, उनले भनिन् ।
‘अहिले चाहिँ उहाँहरु सुरक्षित नै हुनुहुन्छ । अहिले पनि हामी सम्पर्कमा छौं । अहिले फ्लाईट पनि रिजिक्ट पनि भइरहेको छ’, डा.राणाले भनिन् ।
‘फर्किन चाहनेहरुलाई फर्काउने प्रयास गरिरहेका छौँ । राजदूतले हामीलाई के सुझाव दिनुभएको छभने उहाँहरु जहाँ हुनुहुन्छ त्यहाँ नै सुरक्षित हुनुहुन्छ’, उनले भनिन् ।
‘बाहिर ननिस्कने भन्ने एउटा सुझाव छ । पर्सनल रुपमा फोन गरेर उहाँहरुसँग टचमा बसेका छौँ । घटना क्रमहरु डेभलप भइरहेको छ । आज पनि नेपाल सरकारले कुराहरु गरिरहेको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
‘लण्डनमा पनि झगडा हुन्छ की भन्ने डर छ । १४ सय नेपाली हुनु हुँदो रहेछ । ८ सय हाउस मेड हुनुहुन्छ । उहाँहरु लिगल रुपमा जानु भएको रहेछ । त्यहाँ पनि डेमोस्ट्रेशन हुन थाल्नेवित्तिकै राजदूतलाई भनेर सुरक्षित रहन भनेर विज्ञप्ति निकालेका छौं’, उनले भनिन् ।
‘जहाँ हुनुहुन्छ त्यहाँ बस्नुस् भनेर विज्ञप्ति निकाल्दा कोही पनि सम्पर्कमा आउनु भएन । त्यहाँ ८ सय जना हाउस मेड र बाँकी ६ सय जना कोही रेस्टुरेन्ट इन्ड्रस्ट्रिजमा, कोही म्यानुफ्याक्चरिङमा काम गर्ने भाइहरु र बहिनीहरु हुनु हुँदो रहेछ । काठमाडौंबाट पनि हामीले विज्ञप्ति निकाल्यौं’, उनले भनिन् ।
‘हिजोसम्म ६६ जनाले सम्पर्क गर्नुभएको छ । हामीले रेस्क्यु गर्नुपर्दा के कहाँ छ भनेर सजिलो हुन्छ । बेलायतमा नेपाली कार्यबाहक राजदूत हुनुहुन्छ’, उनले भनिन् ।
‘उहाँले सेफ्टीका लागि ट्राभल्स ट्रेजरी निकाल्नुभएको छ । सेन्ट्रल लण्डन र अन्य शहरहरुमा समस्या देखिइरहेकोछ । धेरै ठाउँहरुमा यसरी नै प्रदर्शनहरु भइरहेका कारण कसैलाई रेस्क्यु गर्नु परेमा तयारीहरु भइरहेको छ’, डा.राणाले भनिन् ।
‘बंगलादेशमा हिमालय एयरलाईन्ससँग कुरा भएको छ । सबै ठाउँमा नेपालीहरु सुरक्षित छौँ भनेर कुराहरु आइरहेको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया