आर्थिक बोझ भयो भन्दै विरोध भइरहेका बेला मधेशमा संघीयताको कुरुप नमूना, घिन-लाज नभएका नेताहरु

काठमाडौं । खर्चिलो र बोझिलो भएको भन्दै संघीयताको विरोध भइरहेका बेला मधेश प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।

मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्य मन्त्रीसहितको मन्त्रिमण्डल बनाएका हुन् । सिंहको मन्त्रिमण्डलमा ११ जना मन्त्री छन् ।

मुख्यमन्त्री सिंहले नेपाली कांग्रेस, जनमत पार्टी, एमाले र लोसपालाई मन्त्री बनाएका छन् । मधेश प्रदेशका नेताहरुमा कुनै प्रकारणको हिनताबोध भएको छैन । उनीहरुमा कुनै पनि घिन र लाजको भाव देखिएको छैन । २० जना मन्त्रीहरुका कारण राज्यलाई ठूलो आर्थिक भार परेको छ । मुलुक टाँट पल्टिने अवस्थामा पुगेको छ ।

संघीयताका कारण मुलुक तहस नहुस भएको तथा आर्थिक बोझका कारण जनताले समस्या भोग्नु परेको गुनासा आइरहेका बेला मधेश प्रदेशले संघीयताको कुरुप देखाएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री सिंह जनमत पार्टीका प्रदेश सभा सदस्य हुन् । सिंहले आफ्नो सरकार बनाउन २० जनालाई मन्त्री बनाएर सबैलाई चकित तुल्याइदिएका छन् ।

केन्द्र सरकारमा प्रधानमन्त्रीसहित २५ जनालाई मन्त्री बनाउन सकिन्छ । केन्द्र सरकारलाई पछ्याउँदै मुख्यमन्त्री सिंहले २० जनालाई मन्त्री बनाएका छन् ।

Published : Tuesday, 2024 August 6, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया