रास्वपाका नेताहरुले नौटंकी गर्न थालेपछि रामहरि खतिवडाले गरे व्याङ्ग्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका सांसद र नेताहरु सार्वजनिक बसमा चढेर सस्तो लोकप्रियताको हर्कत गरेपछि आलोचना भएको छ ।
लाखौंका गाडी चढ्ने, करोडौं रुपियाँ बैंक ब्यालेन्स राख्ने, करोडौंका घर, घडेरी रहेका रास्वपाका नेताहरु सार्वजनिक बसेमा चढेर नौटंकी देखाएको भनेर आलोचना भएको छ ।
रास्वपाका नेताहरु एकदिन गएर सार्वजनिक बसेमा चढेका छन् । तर, लामो समयदेखि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी टेम्पुमा चढ्दै आएका छन् । केसीको समाचार कहिल्यै बन्दैन् । रास्वपाका नेताहरु नौटंकी र फण्डा गरेपछि आलोचना भएको हो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सांसदहरुले करोडौं रुपियाँ बैंक ब्यालेन्स राख्ने, लाखौं मूल्य पर्ने गाडी चढ्ने, पत्नीका नाममा सम्पत्ति राख्ने नेताहरुले नौटंकी नगरेकै राम्रो भनेर टिप्पणी गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको करोडौंको सम्पत्ति छ । लामिछानेले पत्नीको नाममा सम्पत्ति लुकाएको भनेर आलोचना हुँदै आएको छ ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले विदेशी मुद्रा करोडौं रुपियाँ बैंकमा राखेकी छिन् । स्वर्णिम वाग्ले, मनीष झा लगायतले पनि करोडौं सम्पत्ति लुकाएर राखेर फण्डा गरिरहेको चर्चा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया