बङ्गलादेशको घटनापछि सुरक्षा समितिको बैठक, सिमानामा कडाइ गर्न निर्देशन

काठमाडौं । बङ्गलादेशमा भएको परिस्थितिपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गराएको छ ।
सोमबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सिमानामा सुरक्षा व्यवस्था कडाइ गर्न निर्देशन दिएको हो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको समितिको बैठकले बङ्गलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गरेको छ ।
स्थल नाकाबाट हुने आवत् जावत्लाई व्यवस्थित गर्न तथा मानिसको चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको गृहमन्त्री लेखकले बताएका छन् ।
गृहमन्त्री लेखकले बङ्गलादेशमा विकसित घटनापछि चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए ।
गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए ।
बङ्गलादेशको घटना र त्यसले नेपाललाई पार्न सक्ने असरका विषयमा समीक्षा भएको छ ।
विगतमा म्यानमारबाट रोहिंग्या र अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँका नागरिक गैरकानूनीरुपमा भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।
यसपटक त्यस्तै किसिमका घटना दोहोरिन नदिन सोहीअनुसार सीमानामा सुरक्षा सावधानी अपनाउनुपर्ने विषयमा समीक्षा भएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया