महाधिवेशनको तयारीमा तरुण दल, प्रस्तावित मस्यौदामाथि परामर्श

काठमाडौं । महाधिवेशनको तयारीमा रहेको नेपाल तरुण दलले विधान संशोधन मस्यौदा समितिको प्रस्तावित विधानमा सुझाव र राय संकलन गर्न गरेको छ ।

सोमबार ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अध्यक्ष विद्वान गुरुङसहितका नेताहरुले प्रस्तावित विधानमा छलफल गरेका हुन् । लुम्बिनी र गण्डकीका तरुणहरुको राय सुझाव संकलन गरिएको अध्यक्ष गुरुङले बताए ।

लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतको तरुण दलका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्यले प्रस्तावित विधानमाथि राय सुझाव दिएका छन् ।

विधान संशोधन मस्यौदा समितिका संयोजक धनराज तुम्वाफोको सभापतित्वमा सम्पन्न कार्यक्रममा विधान संशोधन मस्यौदा समितिको सदस्यहरुले विधानका दफाहरुबारे जानकारी गराएका थिए ।

अध्यक्ष गुरुङले प्राप्त राय र सुझावलाई तरुण दलको केन्द्रीय समिति बैठकमा पेश गरिने बताएका छन् । उनले तरुण दलले तोकिएको समयमा महाधिवेशन गर्ने बताउँदै सोहीअनुसार विधान मस्यौदालाई अन्तिम टुङ्गो लगाउन छलफलहरु बरिरहेको बताए ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदयशम्शेर जबराको विशेष उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 August 5, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया