गृहमन्त्री लेखकद्वारा सांसद बोहराको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा उपचार गराइरहेका राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
शनिबार काठमाडौंको सिनामंगलस्थित कलेजको आईसीयूमा उपचार गरिरहेका बोहराको स्वास्थ्यको जानकारी लिएका हुन् ।
सांसद बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेलामा गृहमन्त्री लेखकले केएमसीका अत्याधुनिक प्रविधिहरु क्याथल्याब, एमआरआई, सीटी स्क्यान लगायतको निरीक्षण गरी जानकारी हासिल गरेको अस्पतालका केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
गृहमन्त्री लेखकले समग्र केएमसी अस्पतालको अवलोकन गरी फर्केका छन् । उनले आफूले अत्याधुनिक मेसिनहरु हेरेर आफूलाई निकै सन्तुष्ट दिलाएको बताए ।
उनले यस्ता मेसिन र योग्यतम डाक्टरहरुका कारण अस्पतालले राम्रो सेवा दिइरहेको भन्दै धन्यवाद दिए । उनले भने, ‘अस्पतालले राम्रो गरिराख्या छ धन्यवाद पनि छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया