रवि लामिछाने ठगी काण्डमा मुछिएका बेला अध्यक्ष श्रेष्ठ २९ करोड खाएर बेपत्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम हिनामिना र ठगी काण्डमा परेका बेला २९ करोड रुपियाँ ठगी गरेर ‘तपाईं हाम्रो सहकारी संस्था’का अध्यक्ष बालगोपाल श्रेष्ठ फरार भएका छन् ।
पर्वतको कुश्मामा रहेको सहकारीका अध्यक्ष श्रेष्ठ फरार रहेका हुन् । उनी १ वर्षदेखि फरार रहेका छन् ।
रकम हिनामिना गरी अध्यक्ष श्रेष्ठ विदेश भागेको बचतकर्ताको भनाइ छ । श्रेष्ठको आफन्तलाई लगानी गरेको २९ करोड १० लाखसमेत उठेको छैन ।
उनका भाइ किशोर श्रेष्ठले माता पाथीभरा बहुउद्देश्यीय सहकारीबाट पनि ११ करोड हिनामिना गरेको भेटिएको छ ।
उनले आमा शकुन्तला श्रेष्ठको नाममा ३७ लाख, भाइ किशोर र बुहारी विनिता श्रेष्ठको नाममा ३५ लाखका दरले १ करोड ७ लाख लगानी गरेका छन् ।
जेठान कर्णबहादुर श्रेष्ठलाई ३७ लाख रुपियाँ, बैनीज्वाइँ राजिन्द्र श्रेष्ठलाई ५० लाख ७१ हजार, गणेश श्रेष्ठलाई २ लाख ४० हजार ऋण दिएको देखिएको छ ।
सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा लामिछानेविरुद्ध अनुसन्धान गर्न संसदीय छानविन समिति बनेको छ । समितिले लामिछानेको गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट करोडौं रकम कानून विपरित गएको देखिएको छ । लामिछाने सहकारीको रकम अपचलन र ठगी काण्डमा जेल जाने सम्भावना निकै ठूलो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया