मुख्यमन्त्री लामालाई तरुण अध्यक्ष गुरुङले दिए बधाइ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बधाइ दिएका छन् ।

मुख्यमन्त्री लामासँग बिहीबार भेट गरेर तरुण दलका अध्यक्ष गुरुङले बधाइ तथा शुभकामना दिएका हुन् । अध्यक्ष गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारलाई तरुणहरूले साथ र सहयोग गर्ने बताएका छन् ।

एमालेको समर्थनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामा मुख्यमन्त्री बनेका हुन् । लामाले मन्त्रिपरिषदलाई पूर्णता समेत दिएका छन् ।

Published : Thursday, 2024 August 1, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया