फाइल खोल्ने र डीआइजी केसीको सरुवाबारे गृहमन्त्री लेखकको तर्कपूर्ण जवाफ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।
सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको कार्यक्रममा लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए । उनले भने, ‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा कानून बेगर मुद्दा चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानूनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।’
गृहमन्त्री लेखकले सदाचार मानिसले आफैँभित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको बताएका छन् ।
‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’
गृहमन्त्री लेखकले प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको बताएका छन् ।
लेखकले भने, ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ ।’
गृहमन्त्री लेखकले डीआइजी मनोज केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताएका छन् । उनले प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया रहेको पनि बताएका छन् ।
लेखकले भने, ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ, सामान्यतया अवधि तोकेको हुन्छ । तर, कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ ।’
उनले भने, ‘जुन पदको सरूवाको कुरो छ– उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि । प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने र उनको दलका नेताहरू तथा नेकपा (माओवादी केन्द्र)का नेताहरूले डीआइजी केसीको सरुवाका विषयमा अनर्गल टिकाटिप्पणी गरेपछि गृहमन्त्री लेखकले जवाफ दिएका छन् ।
मिडियाबाजी गर्न माहिर मानिने डीआइजी केसीले प्रहरी संगठनभित्र चेकअफ कमाण्ड उल्लंघन गरेको आरोप पनि छ । एआइजीपी श्यामलाल ज्ञवाली र एसपी अंगुरबाबु जिसी तथा डीआइजी केसीको समूहले आइजीपी बसन्तबहादुर कुँवरलाई जानकारी नै नदिइ चेनअफ कमाण्ड उल्लंघन गरेर तत्कालीन गृहमन्त्री लामिछानेलाई ब्रिफिङ गर्दै आएका थिए ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया