माओवादी सत्ताभन्दा बाहिर जानेवित्तिकै गजुरेलले दिए राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौंमा साउन १४ गते बसेको केन्द्रीय पदाधिकारी बैठकमा गजुरेलले पदबाट राजीनामा घोषणा हुन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाएका छन् ।

नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा अध्यक्षमार्फत स्थायी समितिसमक्ष पेश गरौं भनेर गजुरेलले पत्र बुझाएका हुन् ।

माओवादी सत्ताभन्दा बाहिर गएको केही हप्ताभित्रै गजुरेलले राजीनामा घोषणा गरेका हुन् । उनको राजीनामा स्वीकृत भएको छैन ।

Published : Wednesday, 2024 July 31, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया