अनुभवी सांसद बस्नेतलाई कांग्रेसले पठायो लेखा समिति

काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सदस्यमा सांसद मोहनबहादुर बस्नेतलाई पठाएको छ ।

समितिका सदस्य तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बनेपछि सदस्य पद रिक्त थियो । कांग्रेसले रिक्त सदस्य पदमा सांसद बस्नेतलाई पठाएको हो ।

लेखा समितिको सदस्य भएर एक दशक काम गरेका बस्नेतलाई अनुभवका आधारमा कांग्रेसले समितिमा पठाएको छ ।

Published : Tuesday, 2024 July 30, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया