सहकारी ठगहरूबारे छानविन गर्न बनेको समितिमा कांग्रेसले फेर्यो सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूलाई सहकारी संस्था बचत रकम दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको सदस्यमा पठाइएको छ ।
समितिका सदस्य रहेका कांग्रेस सांसद बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि सदस्य पद रिक्त थियो । रिक्त ठाउँमा सांसद बडूलाई पठाइएको छ ।
जेठ १५ गते प्रतिनिधि सभाले सहकारी बचत ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो ।
रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन काण्डमा मुछिएपछि उनीसहितलाई छानविन गर्न संसदीय समिति गठन भएको छ ।
Published : Tuesday, 2024 July 30, 10:34 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया