दश लाख र युवतीसहित काठमाडौंमा ९ जना जुवाडे पक्राउ, महाराजगञ्जमा राखेर अनुसन्धान

काठमाडौं । प्रहरीले काठमाडौंबाट ओखर (जुवा) खेल्ने र खेलाउने मानिसहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सोमबार साँझ साढे ६ बजे काठमाडौंको चुनदेवीस्थित यमकुमारी आलेको घरमा प्रहरीले छापामारेर ९ जनालाई १० लाखभन्दा धेरै रकमसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
साडे तीन तल्लाको घरको छतमा हारजित हुने गरी ओखर(जुवा) खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट संयुक्त प्रहरी टोली उक्त स्थानमा गई छापामारेको थियो ।
प्रहरीले छापामारेको स्थानबाट नेपाली नगद १० लाख ११ हजार हजार बरामद गरेको छ । प्रहरीले १३ ओटा ओखरसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ जोरपाटी बस्ने वर्ष ४६ को अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३८ को नारायण लाबुङ, बुढानिलकण्ठ नगरापलिका वडा नं. ५ देउला टोल घर भई बस्ने वर्ष २१ को कबीर देउला, काठमाडौं महानगरपालिका वडा नं. १९ बसन्तपुर घर भई बस्ने वर्ष २१ को निलेश महर्जन रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. १९ इनाटोल घर भई बस्ने वर्ष ४५ को राजेश श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ देउला टोल घर भई बस्ने वर्ष ३३ की सरिता देउला पनि पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लु घर भई बस्ने वर्ष ४८ को दीपक महर्जन, काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी घर भई बस्ने वर्ष ४८ को विवेक महर्जन र काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लु घर भई बस्ने वर्ष ५२ को प्रकाश शाही रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया