कांग्रेसकी कुसुम थापा कृषि समितिको सभापति बन्ने पक्का
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कुसुम थापा मगर संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
सोमबार सांसद थापाले एमालेको समर्थनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
कृषि समितिको सभापतिका लागि सांसद थापाको प्रस्तावकमा कांग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् । थापा सभापतिमा चयन हुने निश्चित जस्तै रहेको छ ।
समिति सभापति डा. आरजु राणा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ ।
Published : Tuesday, 2024 July 30, 12:42 am
फेसबुकबाट तपाईको प्रतिक्रिया