परराष्ट्रमन्त्री डा.राणासँग जापनको प्रतिनिधि सभाका सदस्य एवं न्यायिक समितिका अध्यक्ष अराटाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग जापानको प्रतिनिधि सभाका सदस्य समेत रहेका न्यायिक मामिलासम्बन्धी स्थायी समितिका अध्यक्ष ताकेबे अराटाले भेटवार्ता गरेका छन् ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग नेपाल भ्रमणमा रहेका जापानी प्रतिनिधिमण्डलका नेता र सदस्यहरूले भेट गरेका हुन् ।

भेटमा नेपाल–जापानबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा परामर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मित्रराष्ट्र जापान नेपालको निकै राम्रो सम्बन्ध रहेको मुलुकमा पर्छ । जापानले नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ ।

Published : Monday, 2024 July 29, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया