आइजीपी फाल्ने गतिविधिमा लागेको आरोप खेप्दै आएका विवादित डीआइजी केसीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष व्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरेको छ ।
डीआईजीमा बढुवा भएपछि केसीलाई तत्कालका लागि विशेष व्यूरोमा पठाइएको थियो । केसीलाई व्यूरोबाट हटाएर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष व्यूरोमा सरुवा भएको छ ।
तत्कालीन गृहमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र रवि लामिछाने तथा एआईजी श्यामलाल ज्ञवालीको खेलोफड्कोमा गतिविधि गर्दै आएको आरोप लागेका डीआइजी केसी बेलाबेला विवादमा पर्दै आएका थिए । आइजीपी बसन्तबहादुर कुँवरलाई हटाएर एआइजी श्यामलाल ज्ञवालीलाई आइजीपी बनाउने भनेर असान्दर्भिक षड्यन्त्रमा डीआइजी केसी लागेको आरोप पनि छ ।
डीआइजी केसीले आफ्ना साडुभाइमार्फत समाचारहरू लेखाएर विभिन्न उच्च व्यक्तिहरूको चरित्र हत्या गरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया