लुम्बिनीमा माओवादीको सरकार गर्ल्याम गुर्लुम ढल्यो, जोखबहादुरले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
आइतबार देउखुरीको मसुरियास्थित प्रदेश सभा भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै महराले राजीनामा दिएका हुन् ।
महराले अल्पमतमा परेपछि अगाडि नै राजीनामा दिने तयारी भएपनि असार मसान्तसम्म बस्नैपर्ने बाध्यताका कारण बसेको बताए ।
उनले भने, ‘असार मसान्तसम्म बस्नै पर्थ्यो । साउनको १ गतेदेखि नै तम्तयार थिएँ ।’ महराले नयाँ सरकार चाँडै बनाउन पनि एमाले र कांग्रेसलाई सुझाव दिएका छन् ।
Published : Sunday, 2024 July 21, 5:14 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया