रवि-स्वर्णिमको काण्ड सेलाउन नपाउँदै रास्वपाकी सांसद एवं उपसभामुख राना मानव तस्करीमा मुछिइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगरलाई मानव तस्करीको आरोप लागेको छ ।
रास्वपाकी समानुपातिक सांसद समेत रहेकी उपसभामुख रानाले ६ जना (आफूसहित)लाई अमेरिका पठाउनका लागि उपसभामुखको छाप भएको पत्रबाट लेखेर भिसाका लागि सिफारिस गरेको रहस्य बाहिर आएको छ ।
रानाले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ ।
सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् ।
उपसभामुख रानाले पत्रमा आफूसहित सबैका लागि कार्यक्रम महत्वपूर्ण भएको भन्दै संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको बताएकी छिन् ।
उपसभामुख रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको पत्रमा नाम उल्लेख गरेकी छिन् ।
उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन् । तैपनि उनले अन्य ५ जनाको नाम राखेर किन पत्र लेखिन् रहस्यको विषय बनेको छ ।
रानाले उपसभाुमखको पत्रबाट आफूसँग जाने भ्रमण टोलीमा संघीय संसद सचिवालयसँग सम्बन्धित नै नरहेका मानिसहरूलाई ‘डेलिगेट्स’का रूपमा उल्लेख गरेकी छिन् । उनले कस्ता व्यक्तिका लागि आफ्नो पत्रबाट भ्रमणको सहजीकरणका लागि सिफारिस गरिन् भन्ने प्रश्न उठेको छ ।
रास्वपाका नेता र सांसदहरू विभिन्न काण्डहरूमा मुछिएका बेला रास्वपाकी सांसद समेत रहेकी उपसभामुख राना मानव तस्करी काण्डमा मुछिएकी छिन् ।
रास्वपाका सभापति समेत रहेका निवर्तमान गृहमन्त्री रवि लामिछाने नै दोहोरो नागरिकता र राहदानी तथा सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका छन् ।
रास्वपाका सांसद समेत रहेका उपसभापति स्वर्णिम वाग्ले नेपाललाई भारतको प्रान्त बनाउने र भुटानी मोडलमा जाने भनेर विवादमा परेका छन् । सांसद एवम् निवार्तमान शिक्षामन्त्री सुमना श्रेष्ठ युरोपको पिआर लिएको काण्डमा मुछिएकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया