नैनसिंह कोहलपुरबाट पक्राउ

नेपालगञ्ज । बाँके जिल्लामा डिएसपी हुँ भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ठगी गरेको अभियोगमा दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बिकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटेर कुराकानी गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप लागेको छ ।
बिकले ठगी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बिकलाई कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2024 July 17, 7:40 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया