परराष्ट्र मन्त्रालयले महिला मन्त्री र महिला सचिव एकै पटक पायो

काठमाडौं । परराष्ट्र मन्त्रालयले महिला मन्त्री र महिला सचिव एकै पटक पाएको छ ।
सोमबार नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रीको शपथ लिएर सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयमा सचिव सेवा लम्साल छिन् । सचिव लम्सालले कांग्रेस नेतृ डा.राणासँग लामो समयदेखि निकट गरेर विभिन्न स्थानमा सँगै काम गरेको स्मरण पनि सुनाएकी छिन् ।
संयोग नै मान्नुपर्छ परराष्ट्र मन्त्रालयले महिला मन्त्री र महिला सचिव पाएको छ । सचिव लम्सालले बौद्धिक व्यक्तित्व महिला नेतृ डा.आरजु राणा देउवालाई मन्त्रीका रुपमा पाउँदा निकै खुसी लागेको बताएकी छिन् ।
सचिव लम्सालले भनिन्, ‘अत्यन्तै अनुभवी र मेरो माननीय मन्त्रीज्यूसँग धेरै अगाडि २०५५÷५६ सालदेखिको सहकार्य हो ।’
‘उहाँ (डा.आरजु राणा) सबै हिसाबले प्रोफेसनल हिसाबले विभिन्न हिसाबले विशेष गरि महिला नेतृत्वको हिसाबले महिलाकर्मीको हिसाबले मैले उहाँसँग काम गर्न पाएको हो’, सचिव लम्सालले भनिन् ।
‘बियोण्ड बेइजिङमा महिला कन्सर्नका कुरा गर्दथ्यौं । वुमन लिडरसिपका पनि कुरा गर्थ्यौँ । संयोगले आज माननीय ज्यूलाई मन्त्रीको रुपमा पाएको छु । म आफै पनि यहाँ सचिवको रुपमा काम गरिरहेको छु’, लम्सालले भनिन् ।
‘महिला मन्त्रीज्यूले नेतृत्व गरिरहनु भएको र महिला परराष्ट्र सचिवले नेतृत्व गरेको ऐतिहाँसिक संयोग पनि हुन गइरहेको छ । यो चाहिँ एउटा सुखद् संयोग हामी आफ्नो रियरमा जोडिन पुग्यौँ’, सचिव लम्सालले भनिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया