राष्ट्रिय सहमतिको सरकार हो, सफल बनाउने हाम्रो दायित्व : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सरकार राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् ।
सोमबार नेता भण्डारी विज्ञप्ति जारी गरेर कांग्रेस र एमाले मिलेर गठन भएको नयाँ सरकारलाई ठूलो समर्थन रहेको बताए । उनले अन्य धेरै दलहरू समेत सरकारमा संलग्न भएर बनेको भन्दै अहिलेको केपी ओली नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार रहेको बताए ।
उनले भने, ‘राजनीति मूलतः देश र जनताका लागि गर्ने हो । देशमा देखिएका तमाम समस्याको समाधान गर्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानको लागि दुई राजनीतिक दलले देखाएको अग्रसरता सह्रानीय छ ।’
‘जनताले निकै उत्साहका साथ यसको सफलताको कामना गरेकाले पनि यो सरकारलाई असफल हुने छुट छैन’, नेता भण्डारीले भने ।
‘यो सरकारलाई सफल बनाउन, देश र जनताको हितमा काम गर्ने वातावरण तयार पार्न तथा नागरिकको जीवनलाई सहज बनाउनका लागि हिजोको भन्दा थप मेहनतका साथ काम गर्नु हामी सबैको दायित्व हो’, भण्डारीले भने ।
‘म राजनीतिमा लाग्नुको लक्ष्य नै देश र जनताको सेवा गर्न हो’, उनले भने, ‘राष्ट्र र राष्ट्रियताको संरक्षण तथा संवर्धन मेरो जीवनको अन्तिम उद्देश्य हो ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया