बागचौरका बबाली मेयर र उपमेयर, सुरक्षाकर्मी परिचालन गरेर बजेट पारित

बागचौर । सल्यानको बागचौर नगरपालिकामा बजेट सभामा मेयर र उपमेयरका कारण भएको लफडाका कारण बबाल भएको छ ।
असार ३१ गते शुरू भएको बजेट सभामा मेयर र उपमेयर मिलेर नगर प्रहरी परिचालन गरेर बजेट र नीति तथा कार्यक्रम पास गरेको आरोप छ ।
नगरसभाभित्र गएर हस्ताक्षर गर्ने विषयवस्तुमा छलफल गर्ने परिपाटीविरुद्ध सोमबार प्रवेशद्वारमै नगरसभा सदस्यहरूलाई बलजफ्ती हस्ताक्षर गराइएको आरोप लागेको छ ।
गेटमा हस्ताक्षर गर्न नमानेका नगरसभा सदस्यहरूलाई बैठकमा प्रवेशमा रोक लगाइएको छ ।
नगरसभा सदस्य जयमाता बिकका अनुसार नगरसभामा कुनै पनि विषयमा छलफल भएको छैन ।
नगरसभाको बैठकमा मेयर र उपमेयरको तस्बिर खचिाउने मात्रै काम भएको आरोप लागेको छ ।
छलफल र अन्तरक्रियाविना नगरसभामा गतिविधि भएको भन्दै असन्तुष्टि आएको छ । केही नगरसभा सदस्यहरूले विवाह भोजमा आएको जस्तो भयो भन्दै बबाल गरेका छन् ।
मेयर र उपमेयरले नगर प्रहरीको आडमा नगरसभा गरेको आरोप छ । गेटमा प्रवेश गर्दा सभा सदस्य र नगर प्रहरीवीच हातहालाहात भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया