राष्ट्रपति समक्ष डा.राणाद्वारा परराष्ट्र मन्त्री पदको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्री पदको शपथ ग्रहण गरेकी छिन् ।

सोमबार नवनियुक्त परराष्ट्रमन्त्री डा.राणाले शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

कांग्रेस नेतृ एवम् सांसद डा.राणा पहिलो पटक मन्त्री बनेकी छिन् । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी डा.राणा विभिन्न संस्थामार्फत समाजसेवा पनि गर्दै आएकी छिन् ।

Published : Monday, 2024 July 15, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया