शंकरदेव क्याम्पसले पढाइसँगै खेलकुदको क्षेत्रमा ख्याती कमायो : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले शंकरदेव क्याम्पसले पढाइसँगै खेलकुदको क्षेत्रमा पनि ख्याती कमाएको बताएका छन् ।
आइतबार काठमाडौंको स्वयम्भुमा स्वतन्त्र विद्यार्थी युनियन शंकरदेब क्याम्पस ईकाईले आयोजना गरेको एसडिसी त्रिवि अन्तरक्याम्पस बिबिए फुटबल प्रतियोगिताको समापनको अवसरमा बस्नेतले विद्यार्थीका लागि पढाइका साथै खेलकुलको पनि महत्वपूर्ण स्थान भएकाले शंकरदेब क्याम्पसले खेलकुदका विकासका लागि गरिरहेको प्रयास प्रशंसनीय भएको बताए ।
खेल क्षेत्रमा खेलाडीहरूले देश विदेशमा उत्कृष्ठ प्रदर्शन गर्दा खेलाडीको मात्र नभएर देशकै ख्याती बढ्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा बस्नेतले बताए ।
‘नेपालको झण्डा संसारमा फहराउने खेलकुद नै हो । यसको विकासमा राज्यले लगानी बढाउनु आवश्यक छ’, उनले भने ।
खेलकुलका क्षेत्रमा अहिले राज्यले गरिरहेको लगानी न्यून भएको बताउँदै बस्नेतले अहिलेको भन्दा कम्तिमा पनि दोब्बर लगानी बढाउनु पर्ने बताए ।
नेता बस्नेतले प्रजातन्त्रमा अल्यपमतले बहुमतमाथि साशन गर्न नहुने भए पनि नेपालमा त्यही भइरहेकोले अहिले ठूला दुई पार्टी मिलेर सरकार गठनको तयारी गरिएको बताएका छन् ।
देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्न ठूला दुई पार्टी मिलेर सरकार गठन गर्नु पर्ने बाध्यत्मक अवस्था आइ परेको बस्नेतले बताए ।
कांग्रेसका नेता शुभराम बस्नेतले अब बन्न लागेको सरकारलाई काम नगरि बस्ने छुट नभएको बताउदै गफभन्दा काममा जोड दिनु पर्ने सुझाव दिएका छन् ।
शंकरदेश क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य र एन्फाका कर्माछिरिङ शेर्पाले पनि खेलकुलको विकासका लागि शंकरदेब क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुशान्त बस्नेतले क्याम्पसले खेल क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्ने बताए ।
स्ववियु शंकरदेश क्याम्पस ईकाईका सचिव मदनराज उपाध्यायले प्रतियोगितामा सहभागी क्याम्पसका खेलाडी र आगन्तुकलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदको विकासका लागि राज्यले लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा उपत्यकाका २७ वटा क्याम्पसले सहभागिता जनाएका थिए । नेपाल कमर्श क्याम्पस र सैनिक आवासीय क्याम्पस विच भएको खेलमा सैनिक आवसीय क्याम्पसले विजय हासिल गरेको स्ववियु सभापति बस्नेत बताए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया