कांग्रेसले मन्त्रीहरू पठाउने मापदण्ड बनायो, सभापति देउवाद्वारा गृहकार्य शुरु

काठमाडौं । नेपाली कांग्रेस प्रादेशिक सन्तुलन र समावेशितालाई मिलाएर मन्त्रीहरू पठाउने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री पठाउने विषयमा अन्तरिक गृहकार्य शुरु गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
‘को को मन्त्री हुन्छन्, शपथग्रहण गरेपछि थाहा हुन्छ’, उनले भने, ‘को को मन्त्रीले कुन कुन मन्त्रालय पाउँछन् ? त्यसको आन्तरिक गृहकार्य विस्तारै हुँदै छ ।’
‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ’, प्रवक्ता डा.महतले भने ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले)बीच २०८१ असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भएअनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने निर्णय बैठकले गरेको छ ।’
प्रवक्ता डा.महतले अहिलेसम्मको अनुभवका आधारमा संविधान संशोधन हुनुपर्ने बताए ।
उनले भने, ‘संविधान संशोधनको विषय पनि एउटा महत्वपूर्ण विषय हो । अहिलेसम्मको अनुभवबाट कहाँ चाहिँ संविधानमा संशोधनको आवश्यक्ता छ ? यी विषय पनि महत्वपूर्ण विषय हुन् । समग्रमा देशलाई एउटा गति दिने, सरकारको स्थिरता सुनिश्चितता गर्ने, अत्यन्त समन्वयका साथ मुलभूत रुपमा कांग्रेस र एमाले तथा अन्य दललाई पनि जोडेर विपक्षी दलहरूको पनि सहयोग लिएर देशलाई एउटा गतितिर उन्मुख गर्ने, आर्थिक, सामाजिक र राजनीतिक स्थिरता सुनिश्चित गर्ने र वैदेशिक सम्बन्धहरूलाई सुदृढ गर्ने यिनै विषयवस्तुलाई केन्द्रमा राखेर सरकारले काम गर्छ ।’

बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया