सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेले सुशासनको बिग टक दिएर सांसदहरूलाई हँसाए

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र हिनामिनाको अनुसन्धानको दायरामा रहेका गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको सुई उठेपछि गठबन्धन भत्किएको भनेर हाँस्यास्पद कुरा गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफूले अनुसनधान गर्न थालेपछि सरकार ढलेको दाबी गरे । आफै सहकारीको रकम अपचलन र ठगी अभियोग लागेका लामिछानेले दिएको अभिव्यक्ति सुनेर सांसदहरू मुसुमुसु हाँसेका थिए ।
दोहोरो नागरिक, दोहोरो राहदानी लगायतका काण्डमा परेर अदालतमा मुद्दा झेलिरहेका लामिछानेले सुशासन र भ्रष्टाचारमा ठूला गफ दिएका छन् ।
आफै सहकारी ठगीमा परेर संसदीय छानविन समितिमा बयान दिन तयार भएका लामिछानेले संसदमा दिएको कुरालाई सांसदहरूले पत्याएनन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया