बालुवाटार छाड्न केही घण्टा बाँकी रहेका बेला प्रचण्डले पत्नीलाई सम्झिए

काठमाडौं । प्रधानमन्त्री पदको समय केही घण्टा बाँकी रहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा पत्नी सीता दाहालको स्मरणमा कार्यक्रम गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले पत्नी सीता दाहालको प्रथम स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा प्रधानन्त्री दाहालसहित उनका परिवारका सदस्य र माओवादीका सीमित नेताहरूको मात्रै उपस्थिति रहेको थियो । प्रधानमन्त्री दाहालले बालुवाटार छाड्नु भन्दा केही घण्टा अगाडि पत्नीको नामको कार्यक्रम आयोजना गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।
स्व.सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालले स्मृतिमा सीता दाहाल पुस्तक विमोचन गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरि भाउजु स्व.सीता दाहालको श्रद्धाञ्जलि कार्यक्रम मनाउन बालुवाटार गएका थिए । सीता दाहाल विक्रम संवत् २०२८ देखि कम्युनिष्ट पार्टीमा लागेकी थिइन् । विक्रम संवत २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको कथित जनयुद्धमा सहभागी भएको दाबी गरिएको छ ।
सीता दाहालको विक्रम संवत् २०८० असार २७ गते निधन भएको थियो । आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रधानमन्त्री दाहालले पत्नी सीता दाहालको नाममा क्याम्पस खोल्नका लागि बजेटको व्यवस्था समेत गरेका छन् ।
प्रचण्डले आफ्नी पत्नी सीता दाहालको श्रद्धाञ्जलि कार्यक्रम आफ्नो पार्टी कार्यालय वा अन्य स्थानमा गर्नुपर्ने थियो । तर, उनले बालुवाटारभित्र राज्यको साधन स्रोत खर्च गरेर पत्नीको श्रद्धाञ्जलि कार्यक्रम गरेका छन् ।



बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया