शिक्षामन्त्री सुमनाले अमर्यादित पोशाक लगाएर भिडियो ल्याइन्, पति विदेशी जासुस त होइनन् ?

काठमाडौं । पोल्याण्डको नागरिकसँग विवाह गरेर नेपालमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सतर्कता केन्द्रको गोप्य पत्र सार्वजनिक गरेर आफ्नो पदीय जिम्मेवारीमाथि खेलवाड गरेकी छिन् ।

बुधबार श्रेष्ठले ट्वीटरमार्फत भिडियो सार्वजनिक गरेकी छिन् । भिडियोमा आफूलाई सतर्कता केन्द्रले पठाएको अत्यन्तै जरुरी र गोप्य पत्र सार्वजनिक गरेकी छिन् । सतर्कता केन्द्रले सोधेको प्रश्नको जवाफ दिनुको साटो मन्त्री श्रेष्ठले अन्टसन्ट बोल्दै पोल्याण्डको नागरिकसँग विवाह गरे पनि त्यहाँको पिआर नलिएको दाबी गरेकी छिन् ।

रास्वपाकी सांसद समेत रहेकी मन्त्री श्रेष्ठसँग पोल्याण्डको पिआर र बैंकको खाता खोल्दा डकुमेन्टहरू पेश गरेको भनेर सतर्कता केन्द्रमा छानविनको मागसहित उजरी परेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गोप्य तरिकाले अनुसन्धान र छानविन गरिरहेका बेला मन्त्री श्रेष्ठले आफ्नो पदीय गरिमालाई भुलेर गोप्य पत्र नै सावर्जनिक गरिदिएकी छिन् ।

आफैले सार्वजनिक गरेको भिडियोमा मन्त्री जस्तो पदमा रहेको व्यक्ति कस्तो पोशाकमा रहनुपर्छ भन्ने सामान्य आचारण पनि देखाएकी छैनिन् । तिघ्रामा टाँसिएको कपडा लगाएर अभद्र तरिकाले कुर्सीमा बसेर निकै खराब भिडियो मन्त्री श्रेष्ठले बनाएकी छिन् ।

मन्त्री जस्तो व्यक्तिले भिडियो बनाएर सार्वजनिक गर्दा कमसेकम पोशाकमा ध्यान दिनुपर्छ । कसरी बस्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरूले गोजीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ भन्दै आएका थिए । अहिले सरकार अल्पमतमा परेको दुई हप्ता भइसक्दा पनि मन्त्री पदमा बसेर हालिमुहाली गरिरहेका छन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रको गोप्य पत्र सार्वजनिक गरेर अनुसन्धान र छानविनमा बाधा पुर्‍याउने हर्कत गरेकी छिन् । श्रेष्ठले कुनै दिन मन्त्रालय वा नेपाल सरकारको गोप्य दस्तावेजहरू पनि यसैगरी सार्वजनिक गरिन् भने मुलुकको राष्ट्रिय सुरक्षामाथि ठूलो असर पर्नेछ ।

मन्त्री श्रेष्ठले विवाह गरेको पोल्याण्डका व्यक्ति पेशाले पत्रकार भनिएको छ । श्रेष्ठका पति पोल्याण्ड वा अन्य देशका लागि जासुसी गर्छन् की ? प्रश्न पनि उठेको छ । ती व्यक्ति कुन उदेश्यले के कति कारणले नेपालमा बसेका हुन् ? प्रश्न उठेको छ । मन्त्री श्रेष्ठले आफ्ना पतिका बारेमा स्वेत पत्र जारी गरेर जनतालाई जानकारी गराउनुपर्छ । मन्त्री क्वाटर पुल्चोकमा बसेर ती पोल्याण्डका नागरिकले के गरेका हुन् मन्त्री श्रेष्ठले सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।

सामाजिक सञ्जालमा टिकाटिप्णी गर्नेहरूले भनेका छन्, ‘तपाईंले पोल्याण्डको नागरिकसँग विवाह गर्नुभएको र उहाँलाई श्रीमान् स्वीकार्नु भएको छ । तपाईंका अनुसार नेपाली बैंकमा खाता खोल्दा पोल्याण्डको परिचयपत्र समेत पेश गर्नुभएको तथ्य तपाईंले सामाजिक सञ्जालमा अञ्जानवस स्वीकार्नु भएको तथा तपाईंको उहाँसँग सम्बन्ध बिच्छेद नभएको कारण तपाईं विदेशी नागरिक भएको प्रमाणित हुन्छ’, टिप्पणी भएका छन् ।

‘तपाईंलाई दोहोरो नागरिकता सम्बन्धि कसूरमा नेपालको कानूनअनुसार कार्वाही हुनुपर्छ’, सामाजिक सञ्जालमा भनिएको छ, ‘नेपाल राष्ट्रको शिक्षा मन्त्री पदबाट तपाईंलाई कानून बमोजिम बर्खास्त गरि तपाईंले आफू शिक्षा मन्त्री हुँदा गर्नुभएको सम्पूर्ण काम कार्वाही गैह्रकानूनी ठहर गरि तपाईंले शिक्षा मन्त्रीको हैसियतले प्राप्त गर्नुभएको सम्पूर्ण तलव भत्ता समेत नैतिकताका आधारमा फिर्ता गर्नुपर्नेछ ।’

सामाजिक सञ्जालमा भनिएको छ, ‘२० वटा देश घुमे भन्ने । फेरि पिआर कसरी लिइन्छ भन्ने थाहा छैन पनि भन्छे कस्तो हाँसो उठ्ने कुरा गरेको होला ?’

‘अलिकती लाज लाग्नु पर्ने हो । अब युरोप नै नगएको एउटा १२ कक्षामा पढ्दै गरेको बच्चालाई पनि पिआर लिने प्रकृयाको बारेमा सोध्ने हो भने पनि बताइदिन्छ’, सामाजिक सञ्जालमा भनिएको छ, ‘यो कुरा छाडौं । अहिले तपाईले पिआर नलिए पनि भविश्यमा त पक्कै पनि लिन्छौं होला नि ? की बुढाबुढी वारिपारी बसेरै जिन्दकी चलाउने हो ?’

Published : Wednesday, 2024 July 10, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया