भरतपुरका माधव सुन्धाराबाट पक्राउ, ३८ लाख बरामद

काठमाडौं । श्रोत नखुलेको ३८ लाखसहित चितवनका ४८ को माधव श्रेष्ठ पक्राउ परेका छन् ।
साउन २६ गते बुधबार करीव साढे १२ बजेको समयमा सुन्धाराबाट श्रेष्ठलाई रकमसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सुन्धारामा शंकास्पद कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ गणेशटोल स्थायी घर भएका श्रेष्ठको साथबाट ५०० दरको नोट ६००० थान, १००० दरको नोट ८०० थान गरि जम्मा नगद रु.३८ लाख रुपियाँ बरामद भएको छ ।
प्रहरीले बा.प्र. २०४८ प ८१३० नम्बरको रे–जेड स्कुटी १ थान र सामसङ्गको मोबाइल १ थान पनि बरामद भएको छ ।

Published : Wednesday, 2024 July 10, 6:04 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया