हिमताल फुट्दा अहिलेभन्दा धेरै आपतहरू आउन सक्छ : डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले हिमताल सुक्ने र विष्फोट हुने घटनाहरू संसारभरि भएको भन्दै झन् भयावह अवस्था आउन सक्नेबारे सचेत गराएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद डा.राणाले जलस्रोत मन्त्रालयमा एउटा शाखा नै स्थापना गरेर हिमताल फुट्ने जोखिमबारे पूर्वतयारी गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘विगत १० वर्षदेखि हिमतालहरू सुक्दै गएका र हिमतालहरू विष्फोट भएका घटनाहरू संसारभरि नै भइरहेका छन् । यस्ता घटनाहरू प्रकृतिक हुन् । यस्ता घटनाका फ्रिक्वेन्सी । तिब्रता बढेर प्रश्न प्रश्न उठेको छ । प्रश्नको उत्तर आएको छ, हामी नेपालीहरूको लागि धेरै भयावह छ ।’

‘नदी बढेर बाढी आएर यति जनाको जनधन क्षति भयो भन्ने कुराहरू सुनिरहेका छौँ । तर, हिमताल फुट्दा योभन्दा धेरै आपतहरू आउन सक्छ । यसको उत्तरले हाम्रो भविष्यको लागि धेरै डरलाग्दो र भयावह हो’, डा.राणाले भनिन् ।

‘हामी हिमतालबाट जन्मिएको नदीहरूको वरिपरी नै बसोबास गर्दै आएका छैनौँ, हाम्रो कृषि, धर्म, संस्कृति पनि यी नदीहरूसँग नजिकबाट सम्बन्ध राख्द छन् । हाम्रो सम्पूर्ण सभ्यता नै नदीहरूको आधार नै बसोबास हुँदै आएको इतिहाँसले नै देखाएको छ’, उनले भनिन् ।

‘सरकारलाई हिमतालबारे विशेष योजना बनाउन छोटो र दीर्घकालीन योजना बनाउन अनुरोध गर्न चाहन्छु । जलस्रोत मन्त्रालयको वेबसाइटमा एउटा शाखा छ । त्यो शाखामा गएर हेर्दा हिमतालबारे कुनै जानकारी आउँदैन । छैन’, उनले भनिन् ।

‘वेबसाइटमा सूचना छैन भने मन्त्रालयमा के काम भइरहेको होला ? प्रश्न पनि उठेको छ । यसलाई एउटा डिभिजन बनाएर काम गर्नुपर्छ की जस्तो मलाई लाग्छ । मन्त्रालयमा विज्ञहरू छन्, कर्मचारी छन् उनीहरूलाई काममा लगाउन सकिन्छ’, सांसद डा.राणाले भनिन् ।

‘विपतको बारेमा धेरै कुराहरू उठिरहेका छन् । यसमा पनि नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनेलाई सेफ हो ? कुन ठाउँमा बस्ती बसाउन सेफ होइन भनेर भन्नुपर्छ । हाम्रो भूमिसुधार मन्त्रालय छ । मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ’, उनले भनिन् ।

‘जीवजन्तुका लागि बफर जोनका रुपमा राखेका छौँ । तर, मान्छे बस्नको लागि खोलाको वरिपरी घर बनाउन हुँदैन, प्लटप्लेनमा कहाँसम्म बनाउने ? कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ । नत्र हरेक वर्ष यसै संसदमा हरेक वर्ष यस्तै प्राकृतिक समस्याका कुरा उठाउने कार्य दोहोरिनेछ ।’

Published : Tuesday, 2024 July 9, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया