कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ७ प्रदेशमा सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ७ प्रदेशमा उद्यमशीलता सम्मेलन गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाडौंमा बसेको विभागको पहिलो बैठकले प्रत्येक प्रदेशमा उद्यमशीलता र साना तथा मझौला व्यवसायीहरूको सहभागितामा सम्मेलन आयोजना गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी विभागकी प्रमुख उर्मिला थपलियाले बताइन् ।
सम्मेलनले स्थानीय उद्यमशीलता प्रवर्धन र नयाँ सम्भावनाहरूको खोजीमा महत्वपूर्ण भूमिका खेल्ने विभागले विश्वास लिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागकी प्रमुख थपलियाले कांग्रेसभित्र उद्यमशील अभियान सुरु गर्ने र विभिन्न कार्यक्रमहरू संचालन गर्ने बताएकी छिन् ।
सात प्रदेशमा हुने विभागको सम्मेलनमा नेपाल स्टार्टअप र एसएमई सम्मेलन, विद्यालय र कलेजहरूको लागि उद्यमशीलता पाठ्यक्रम, मेरो उद्यमशील यात्रा, ह्याकाथन र बुटक्याम्प लगायतका कार्यक्रमहरू संचालन गरिनेछ ।
नेपाल स्टार्टअप र एसएमई सम्मेलनमा देशभरका उद्यमीहरू, नीति निर्माताहरू, व्यवसायी नेताहरू र लगानीकर्ताहरूलाई एकैठाउँमा ल्याएर अनुभव साटासाट र सहयोग गर्ने अवसर प्रदान गरिने प्रमुख थपलियाले बताइन् ।
विद्यालय र कलेजहरूको लागि उद्यमशीलता पाठ्यक्रमले विद्यार्थीलाई प्रारम्भीक चरणमै उद्यमशीलताको ज्ञान विभागले सम्मेलनमार्फत प्रदान गर्नेछ ।
‘मेरो उद्यमशील यात्रा कार्यक्रमले सफल उद्यमीहरूको प्रेरणादायी कथाहरूमार्फत युवाहरुलाई प्रेरित गर्नेछ’, थपलियाले भनिन्, ‘ह्याकाथन र बुटक्याम्प कार्यक्रमले नविनतम विचारहरूको प्रोत्साहन र व्यावसायिक विकासमा सहयोग पु¥याउनेछ ।’
विभागका सदस्यहरूले आगामी कार्ययोजनामा आफ्नो विचार र सुझावहरू राखेका छन् । सदस्यहरूले एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विभागले नेपाली युवा उद्यमीहरूलाई प्रोत्साहित गर्ने र उद्यमशीलता वातावरण सुदृढ गर्ने उद्देश्य राखेको छ ।
बिचार/ब्लग

कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया